+

केपी ओली कप क्रिकेटमा अत्तरिया र मालपोखरीको जित

२०८२ वैशाख  २ गते १७:२० २०८२ वैशाख २ गते १७:२०
केपी ओली कप क्रिकेटमा अत्तरिया र मालपोखरीको जित

२ वैशाख, काठमाडौं । पोखरामा जारी दोस्रो केपी ओली कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले शानदार प्रदर्शन गर्दै जित हासिल गरेका छन्। प्रतियोगिता मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित मैदानमा भइरहेको छ।

मंगलबार समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो। टस हारेर पहिला ब्याटिङ गरेको होरिजोनले १९.१ ओभरमा १४० रन बनायो। उनीहरूका लागि कमल विष्टले ३९ रन बनाए भने विप्रस केसीले ३५ रनको अविजित पारी खेले। अत्तरियाका लागि बसन्त खत्री र भोजराज भट्टले समान ३/३ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याएको अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। ओपनरहरू छिट्टै आउट भए पनि टेक रावतले उत्कृष्ट प्रदर्शन गर्दै ६१ रनको अविजित पारी खेले र प्लेयर अफ द म्याच घोषित भए। हिकमत महरले पनि महत्वपूर्ण १३ रन बनाए।

दोस्रो खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ४ विकेटले हरायो। सुन्दर हरैचाले पहिले ब्याटिङ गर्दै २० ओभरमा १२८ रन बनायो। समिर कार्कीले ३१ रन बनाए भने अन्य खेलाडीले सानो योगदान गरे। मालपोखरीका लागि सिराज हवारी र जितेश मन्डलले २–२ विकेट लिए।

१३१ रनको लक्ष्य पछ्याउँदै मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। विजय गुप्ताले ५९ रनको शानदार पारी खेले र प्लेयर अफ द म्याच बने।

यस जितसँगै अत्तरिया २ खेलमा २ जितसहित ४ अंक लिएर समूहको शीर्ष स्थानमा पुगेको छ। होरिजोन २ खेलमा १ जित र १ हारसहित २ अंकसहित दोस्रो स्थानमा छ। मालपोखरी तेस्रो र २ खेलमा २ हार व्यहोरेको सुन्दर हरैचा अन्तिम स्थानमा रहेको छ।

समूह चरणको अन्तिम खेलमा भोलि होरिजोनले सुन्दर हरैचासँग र अत्तरियाले मालपोखरीसँग प्रतिस्पर्धा गर्नेछन्। समूहको शीर्ष स्थानमा रहने टोली अन्तिम चारमा प्रवेश गर्नेछ।

केपी ‌ओली कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय