
२ वैशाख, काठमडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा सहभागी नहुने शिक्षकहरूमाथि निगरानी राखेको पाइएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन शिक्षकहरूलाई निर्देशन दिएका छन् ।
‘आन्दोलनमा आउन बाँकी साथी आन्दोलनमा अनिवार्य जोडिनु होला । महासंघबाट निषेध गरिएका काममा संलग्न नहुनुहोला । जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा साथीहरू खटिनु भएको छ,’ अध्यक्ष सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
शैक्षिक हड्ताल गरेको महासंघले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्न, १२ कक्षाको परीक्षा सञ्चालनमा सहभागी नहुन, तालिम, गोष्ठीमा सहभागी नहुन शिक्षकहरूलाई भनेको छ ।
महासंघको नेतृत्वमा गत २० चैतदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया 4