
२ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सुशासनयुक्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको मन्त्रालय स्तरीय विभागीय समितिले मंगलबार आयोजना गरेको शुभकामना कार्यक्रममा उनले सरकारको कार्यसम्पादन र प्रभाव कर्मचारीको सेवा प्रवाहमा निर्भर हुने बताए ।
उनले छिटो, छरितो र सुशासनयुक्त सेवा दिन आग्रह गरे । त्यस क्रममा उनले कर्मचारीको वृत्ति विकास र सुविधालाई सरकारले प्राथमिकतामा राखेको बताए ।
विकास निर्माणलाई प्रभावकारी र द्रुत बनाउने बेला आएको भन्दै राजनीतिक नेतृत्वले मात्र नभई प्रशासनिक नेतृत्व र कर्मचारीको समेत संयुक्त प्रयासले मात्र यो सम्भव हुने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माण, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4