+
+
Shares

जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारले काम गर्ने वातावरण खोसेर निरन्तर अपमान गरेकाले राजीनामा दिन बाध्य भएको चौधरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १९:११

२ वैशाख, बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सञ्चालित जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले राजीनामा दिएका छन् ।

चौधरी लुम्बिनी प्रदेश जग्गा एकीकरण नियमावली, २०७९ को नियम १७ बमोजिम प्राधिकरणको निर्णय अनुसार १ असोज २०७९ मा नियुक्त भएका थिए ।

चार वर्षका लागि नियुक्त भएका चौधरीले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । सरकारले काम गर्ने वातावरण खोसेर निरन्तर अपमान गरेकाले राजीनामा दिएको चौधरीको भनाइ छ ।

प्रदेश सरकारले ८ महिनाअघि नै चौधरीलाई हटाएर सुनिलकुमार बस्नेतलाई अध्यक्षमा नियुक्त गरेपछि चौधरी अदालत गएका थिए । अदालतले उनको पक्षमा फैसला गरेको थियो ।

अदालतको फैसलापछि केही महिना सरकारको व्यवहार हेरेको तर कुर्सी पनि नदिने, नेम प्लेट पनि हटाइदिएर अपमानजक व्यवहार गरेको र राजनीनामा गर्न धम्की दिएको चौधरीले बताए । चौधरी माओवादी केन्द्रनिकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?