+
+
Shares

भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रशासनको चेतावनी  

खासगरी पुराना घटनाहरूसँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको प्रशासनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १९:३९

२ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ ।

प्रजिअ गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

खासगरी पुराना घटनाहरूसँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको प्रशासनको भनाइ छ ।

यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने भन्दै त्यस्ता सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

सामाजिक सद्भाव बिथोलिने सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट भएको भए यथाशीघ्र हटाउन सबैमा अनुरोध समेत गरेको छ ।

शनिबार हनुमान यात्राको क्रममा दुई समूहबीच झडप हुँदा वीरगञ्जमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । जसका कारण स्थानीय प्रशासनले कर्फ्यू समेत जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?