+
+
Shares

एनसीएचएल र मास्टरकार्डबीच रणनीतिक समझदारी

यो समझदारीपछि मास्टरकार्ड वाहक विदशी पर्यटकले स्थानीय क्यूआरमार्फत कारोबार गर्न सक्ने भएकाले छुट्टै डिजिटल पेमेन्ट प्लेटफर्म सुरु भएको एनसीएचएलले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १९:४२

काठमाडौं । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई क्यूआर भुक्तानी सहज गराउन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबीच समझदारी भएको छ ।

समझदारी अनुसार दुवै संस्थाले अन्तर्राष्ट्रिय मास्टरकार्ड वाहक विदेशी पर्यटकलाई सहज भुक्तानीको व्यवस्था गराउन एनसीएचएलको ‘नेपाल पे क्यूआर’ र ‘इन्टेरोपेरेबल क्यूआर’ प्रयोग गर्न सक्नेछन् ।

यो समझदारीपछि मास्टरकार्ड वाहक विदशी पर्यटकले स्थानीय क्यूआरमार्फत कारोबार गर्न सक्ने भएकाले छुट्टै डिजिटल पेमेन्ट प्लेटफर्म सुरु भएको एनसीएचएलले जनाएको छ ।

नेपाल पे क्यूआर र इन्टेरोपेरेबल क्यूआरसँग करिब १० लाख क्यूआर मर्चेन्ट आबद्ध रहेको एनसीएचएलले जनाएको छ । त्यस्तै मास्टरकार्डले हालसम्म ३ अर्ब १० करोड कार्ड जारी गरिसकेको छ ।

यो समझदारीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने दुवै संस्थाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?