+
+
Shares

वीरगञ्जमा तनाव : सद्भाव भड्काएको आरोपमा चार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते २०:५७

२ वैशाख, काठमाडौं । पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू धार्मिक हिंसा भड्काउनेगरी उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेकाहरू झडपमा उत्रिएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो ।

गत शनिबार वीरगञ्जमा शोभायात्राका क्रममा दुई धार्मिक समुदायबीच झडप भएको थियो । झडपपछि अवस्था तनावग्रस्त हुँदा त्यहाँ प्रशासनले कर्फ्यु समेत लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?