+

च्याम्पिन्स लिग : एस्टन भिल्लाले पीएसजीको सामना गर्दै

२०८२ वैशाख  २ गते २१:२४ २०८२ वैशाख २ गते २१:२४
च्याम्पिन्स लिग : एस्टन भिल्लाले पीएसजीको सामना गर्दै

२ वैशाख, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लिगमा एस्टन भिल्ला र पेरिस सेन्ट जर्मेन (पीएसजी)बीच खेल हुँदैछ ।

नेपाली समयअनुसार आज राति १२ः४५ बजे पीएसजीको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । इंग्लिस प्रिमियर लिग क्लब भिल्ला र फ्रेन्च लिग वान क्लब पीएसजी आमने सामने हुँदा पीएसजी हसज अवस्था छ ।

एस्टन भिल्लाको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा पीएसजीले ३–१ को नतिजा निकालेको थियो । त्यतिबेला १–० गोलले पछि परेको स्थिीत उल्टाएर पीएसजीले ३–१ को प्रभावशाली नतिजा निकालेको थियो ।

फ्रेंच लिग वानको शीर्ष स्थानमा रहेको पीएसजी जारी सिजन उच्च फर्ममा छ । प्रि–क्वाटरफाइनलमा प्रिमियर लिग लिडर लिभरपुललाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

यता एस्टन भिल्ला भने पोर्चुगिज क्लब बुर्गलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । पहिलो लेगमा प्रभावशाली नतिजा निकालेको पीएसजी आजको खेलमा दबाबरहित हुनेछ । त्यसमाथि आफ्नै घरेलु मैदानमा खेल हुने भएकाले पीएसजीलाई थप सहज हुने देखिन्छ ।

एस्टन भिल्ला भने पहिलो खेलमै आफ्नै घरमा ३–१ गोलले पराजित भएकाले दबाबमा हुनेछ । सेमीफाइनल प्रवेशका लागि एस्टन भिल्लाले पीएसजीलाई ३ गोलको अन्तरमा हराउनुपर्ने हुन्छ ।

च्याम्पिन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय