+
+
Shares

नेपाल-चीन सीमामा भूकम्पको कडा धक्का

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते ६:०८

३ वैशाख, काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा थियो ।

काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन  तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ । केन्द्रका अनुसार नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको थियो ।

नेपाल-चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक-पटक भूकम्प गएको छ । यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक-पटक परकम्पहरु गइरहेका छन् ।

पुस २३ को भूकम्प र त्यसपछिका ठूला परकम्पले सिगात्सेमा जनधनको पनि क्षति पुगेको थियो ।

नेपाल भूकम्पको जोखिमका दृष्टिले अति संवेदनशील मानिन्छ । वैशाख दुई गते एकैदिन जाजरकोट केन्द्रविन्दु भएर दुईपटक भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?