+
+
Shares

इन्स्टाग्रामले रील्सका लागि ल्याउँदैछ यस्तो नयाँ फिचर

एजेन्सी एजेन्सी
२०८२ वैशाख ३ गते ७:२२

इन्स्टाग्रामले आफ्नो रील्ससँग सम्बन्धित एक नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । उक्त फिचरको नाम लक्ड रील्स रहेको छ ।

सो फिचरको मद्दतले इन्स्टाग्राम प्रयोगकर्ताहरुले आफ्ना रील्सको माध्यमबाट अझै उत्कृष्ट तरिकाले अन्यसँग अन्तरक्रिया गर्न सक्नेछन् । यसका अलावा यो फिचरको सहयोगबाट रील्ससँग प्रयोगकर्ताको इन्गेजमेन्ट पनि बढ्नेछ ।

वास्तवमा अब तपाईंले आफ्नो रील्सलाई एक पासवर्डको मद्दतले लक गर्न पाउनु हुनेछ । यो फिचर खासगरी ती मानिसहरुको लागि आउँदैछ जसले आफूलाई इन्स्टाग्राम इन्फ्लुएन्सर मान्दछन् । यद्यपि यो फिचर सबै आम प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

के हो लक्ड रील्स फिचर ?

नामबाटै प्रष्ट हुन्छ कि यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नो रील्सलाई पासवर्डबाट लक गर्न सक्नेछन् । यसो भएपछि त्यस्ता लक्ड रील्स त्यहीँ मानिसले मात्र हेर्न सक्दछन्, जसलाई पासवर्ड थाहा हुन्छ ।

आखिर पासवर्डबाट लक गरिएका रील्स त कम मानिसहरुले मात्र हेर्न पाउने भए । त्यसो हुँदा प्रयोगकर्ताबीचको अन्तरक्रिया तथा रील्समा इन्गेजमेन्ट कसरी बढ्छ त ? यो प्रश्न स्वभाविक छ ।

भनिन्छ कि जुन चिजसम्म कसैको पहुँच रोकिन्छ, त्यस चिजप्रतिको आकर्षण अझै धेरै बढ्दछ । यो फिचर पनि त्यस्तै हो । यसलाई एउटा उदाहरणबाट बुझ्ने कोसिस गरौं ।

मानौं एकजना चर्चित सेलिब्रेटीले नै लक्ड रील्स फिचर राखेर आफ्नो रील्स अपलोड गर्दछ र आफ्ना फलोअर्सलाई रील्सको पासवर्डका बारेमा केही क्लू दिन्छ , जस्तो कि उसको जन्मदिनको मिति । यसो हुँदा मानिसहरुमा उक्त व्यक्तिको रील्स हेर्ने उत्सुकता झनै बढ्दछ र उसका फलोअर्सले त्यो रील्सलाई सुरुमै हेर्दछन् ।

यो फिचर मूख्य रुपमा इन्फ्लुएन्सर, ब्राण्ड तथा क्रियटर्सलाई ध्यानमा राखेर बनाइएको हो । उनीहरुले कुनै खास प्रडक्टको लन्चिंग तथा खास अभियानका लागि यसको प्रयोग गर्न सक्दछन् । यद्यपि आम मानिसहरुले पनि यो फिचरलाई रचनात्मक चरिकाले प्रयोग गर्ने बाटो निकाल्नेछन् । यद्यपि केही मानिसहरु चाहिं यो फिचसले प्रयोगकर्तालाई रील्स स्क्रोल गर्दागर्दा दिक्क पार्ने अनुमान पनि गरेका छन् ।

उता इन्स्टाग्राम स्वयंमले भने यो फिचरका बारेमा आधिकारिक रुपमा केहीपनि बताएको छैन । त्यसैले यो फिचर सबै प्रयोगकर्ताका लागि कहिलेसम्म उपलब्ध होला भनेर एकिनसाथ भन्न सकिने अवस्था छैन ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?