+
+
Shares

पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते ८:३३

३ वैशाख, बुटवल । पौडी खेल्न नारायणी नदीमा गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका मध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए ।

वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन् । विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए ।

घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गएराति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको वडाध्यक्ष कुमालले बताए । प्रमुख जिल्ला अधिकारीलाई गोताखोरको व्यवस्था गर्न आग्रह गरेर आज बिहानैबाट पुनः खोजी कार्य भइरहेको वडाध्यक्ष कुमालले बताए ।

बेपत्ता भएका दुबै बालकका बुबाहरु रोजगारीका क्रममा विदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?