+
+
Shares

शिक्षक महासंघको प्रतिक्रिया : सरकारको विश्वास छैन, रित्तै घर फर्काउन खोजिरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते ८:२५

३ वैशाख, काठमाडौं । आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले भने विश्वास नरहेको प्रतिक्रिया दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न भन्दै संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । त्यसका साथै माग पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै शिक्षकलाई फर्किन आग्रह गरेको थियो ।

तर, सरकारको निर्णयप्रति शिक्षक आन्दोलनको नेतृत्व गरेको महासंघले भने अविश्वास गरेको छ । सरकारले आफूहरूलाई रित्तै घर फर्काउन खोजिरहेको बताउँछिन् महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटी संयोजक नानुमाया पराजुली ।

‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन । विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, उनले शंका व्यक्त गर्दै भनिन्, ‘सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । तर यो अधिवेशनना पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

अहिले नै विश्वास गर्ने आधार नभएको बताउँदै उनले सरकारको निर्णयबारे महासंघले आधिकारिक आरणा सार्वजनिक गर्ने बताइन् । ‘… तर, सरकारको विश्वास गर्ने आधार छैन । सरकार रित्तै घर फर्काउन चाहन्छ’, उनले भनिन्, ‘सरकारको योजना त्यस्तो हो । सरकार जिम्मेवार छैन । सरकारलाई ऐन चाहिएको छैन ।’

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू शैक्षिक हड्ताल गरेर दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

शिक्षकको आन्दोलनका कारण नयाँ भर्ना अभियान प्रभावित भएको छ । आन्दोलनको टुंगो नलागे माध्यामिक शिक्षा परीक्षाको नतिजाका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?