काठमाडौं । जर्मन क्लबब रुसिया डर्टमण्डसँग दोस्रो लेगमा पराजित हुनका बावजुत पनि स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो लेगमा डर्टमण्ड घरेलु मैदानमा ३-१ ले विजयी भएपछि समग्रमा ५-३ ले नतिजा आफ्नो पक्षमा पार्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो ।
बार्सिलोना सन् २०१९ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा घरेलु मैदानमा ४–० ले विजयी भएपछि बार्सिलोना आरामदायी अवस्थामा थियो । तर, दोस्रो लेगमा भने डर्टमण्डले घरेलु मैदानमा कमब्याक गर्ने प्रयास गरेपनि सफल भएन ।
दोस्रो लेगमा डर्टमन्डलाई जिताउन सेरहोउ गुइरासीले ह्याट्रिक गरेका थिए । उनले ११औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने ४९औं र ७६औं मिनेटमा गोल गरे ।
डर्टमन्डका रामी बेन्सेबाइनीले आत्माघाती गोल गरे ।
यस्तै अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मने (पीएसजी) पनि एस्टन भिल्लासँग दोस्रो लेगमा हारका बावजुत पनि सेमिफाइनल पुगेको हो ।
दोस्रो लेग भिल्लाले ३-२ ले जितेपनि समग्रमा पीएसजीले ५-४ को नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।
प्रतिक्रिया 4