+
+
Shares

केएफसीले ल्यायो फ्राइड चिकेनजस्तो टुथपेस्ट, बजारमा आउने बित्तिकै सप्पै बिक्यो

एजेन्सी एजेन्सी
२०८२ वैशाख ३ गते ९:०१

फ्राइड चिकेन अब केवल खानेकुरा मात्रै रहेन, यो एउटा टुथपेस्ट पनि बनेको छ । चर्चित फास्टफूड चेन केएफसीले हालै फ्राइड चिकेनको स्वाद भएको टुथपेस्ट बजारमा ल्याएको छ । यसको स्वाद केएफसीका सबै ११ जडिबुटी तथा मसलाबाट प्रेरित छ ।

अमेरिकाको केन्टकीस्थित फास्टफूड चेन केएफसीको नयाँ टुथपेस्ट उसको सक्कली हट चिकेन परिकारको जूसी टुक्राजस्तै रहेको छ । यसले प्रयोगकर्ताको मुखलाई फ्राइड चिकेनको स्वादले भरिदिनेछ र मुखलाई ताजा तथा सफा महसुस गराउनेछ ।

केएफसीले टुथपेस्ट निर्माता हिस्माइलसँग मिलेर सीमित समयका लागि सो दन्त मन्जन बजारमा ल्याएको हो ।

हिस्माइलका मार्केटिंग प्रबन्धक कोबन जोन्स भन्छन् – हामीलाई सीमाहरुभन्दा अगाडि बढ्न मन पर्छ र केएफसीका प्रसिद्ध स्वादहरुहरुलाई दैनिक आवश्यकतामा सामेल गर्नुभन्दा राम्रो तरिका अरु के हुनसक्छ ?

उक्त टुथपेस्ट वास्तवमा एक साहसिक, अप्रत्यासित र गज्जबको छ । औंला चाट्ने खालको स्वादिष्ट उक्त टुथपेस्टले मुखको हेरचाह प्रति जागरुक मानिसरुलाई आकर्षित गर्दछ । हिस्माइलको वेबसाइटमा १३ डलरमा उपलब्ध गराइएको उक्त वेबसाइट मंगलबार बिहानसम्म पूर्ण रुपमा बिक्री भएर रित्तिईसकेको थियो । अर्थात् सबै टुथपेस्ट सेलआउट भैसकेका थिए ।

फ्लोराइडमुक्त फर्मूृला

वेबसाइटमा रहेको टुथपेस्टको विवरण खण्डमा दाबी गरिए अनुसार यसमा फ्लोराइड मुक्त फर्मूला रहेको छ र यसमा लामो समयसम्म मुखको स्वास्थ्यलाभ गराउने गुण रहेको छ ।

यद्यपि अब यो टुथपेस्ट पुनः उत्पादन गरेर बजारमा कहिले उपलब्ध हुन्छ भन्ने निधो छैन ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?