+
यू-१९ विश्वकप एसिया छनोट :

हङकङविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

२०८२ वैशाख  ३ गते ९:५५ २०८२ वैशाख ३ गते ९:५५
हङकङविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

३ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ गरिरहेको  छ ।

नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले दोस्रो खेलबाट एक परिवर्तन गरेको छ । पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका छन् ।

नेपालले हालसम्म २ खेल खेल्दा दुवै जितेको छ । हङकङले सोमबार यही मैदानमा अफगानिस्तानसँग पहिलो खेल खेल्दा पराजित भएको थियो ।

आजै माथिल्लो मुलपानीमा अफगानिस्तानले पनि तेस्रो खेल खेल्दै छ जहाँ टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।

नेपाल र अफगानिस्तान अब २ दिनको ग्यापपछि शनिबार एकआपसमा खेल्ने छन् । उक्त खेल यस छनोटको निर्णायक खेल बन्न सक्छ ।

नेपालको टोली : नरेन भट्ट (कप्तान), अभिषेक शर्मा, साहिल पटेल, निरज यादव, सन्तोष यादव, युवराज खत्री, अशोक धामी, बिपिन प्रसाद शर्मा, रोशन बिक, अपराजित पौडेल  र दिलसाद अली

नेपाली क्रिकेट यु-१९ विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय