+
+
Shares

युट्युबमा नयाँ फिचर, अब एआईबाट आफैं बनाउन सकिनेछ संगीत

एजेन्सी एजेन्सी
२०८२ वैशाख ३ गते १०:०९

भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले आफ्नो प्लाटफर्ममा सर्जकहरुको लागि एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यो फिचरको उपयोग गरेर अब कन्टेन्ट क्रिएटरहरुले आफ्नो भिडियोका लागि कस्टम इन्स्ट्रुमेन्टल म्युजिक अर्थात् आफूले चाहेको धुन अनुसारको वाद्यवादन संगीत आफैंले सिर्जना गर्न सक्नेछन् ।

यो नयाँ टूल युट्युब स्टुडियोको क्रिएटर म्युजिक ट्याबभित्र हुनेछ र सबै प्रयोगकर्ताका लागि नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यो फिचरलाई विस्तारै सबै प्रयोगकर्तामाझ पुर्‍याउने योजना युट्युबको छ । अर्थात् सबै युट्युब प्रयोगकर्तासम्म यो फिचर उपलब्ध हुन केही दिन लाग्नसक्छ ।

के हो युट्युबको एआई संगीत सिर्जना टूल ?

युट्युबले यो फिचरको जानकारी आफ्नो क्रिएटर इन्साइडर च्यानलमा एक भिडियोका माध्यमबाट दिएको छ । यो एआई टूलको उद्देश्य भनेको सर्जकहरुलाई धेरै खालका तथा उत्कृष्ट ढंगका इन्स्ट्रुमेन्टल म्युजिक उपलब्ध गराउनु हो, जसलाई प्रयोगकर्ताले कपिराइटको चिन्ता नगरीकनै आफ्ना भिडियोमा जोड्न सकुन् ।

क्रिएटर म्यूजिक ट्याबमा नयाँ परिवर्तन

उसो त Creator Music  ट्याबमा पहिलेदेखि नै कपिराइटमुक्त संगीत लाइब्रेरी उपलब्ध छ । यसमा प्रयोगकर्ताले genre, mood, vocals, BPM, duration आदिको आधारमा संगीत खोज्न सक्दछन् ।

यद्यपि त्यहाँका केही संगीत प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्दछ । अब सोही ट्याबमा एआईमा आधारित Music Assistant नामक एक नयाँ खण्ड थप भएको छ ।

यसमा जेमिनी स्पार्कल आइकनसँगै एउटा पेज हुनेछ, जहाँ प्रयोगकर्ताले अक्षरमा लेखेर आफूलाई कस्तो खालको म्यूजिक चाहिएको हो बताउन सक्नेछन्, जस्तै भिडियोको शीर्षक, मूड, लम्बाई आदि। उक्त टूलमा कुन एआई मोडल छ भन्ने चाहिं बताइएको छैन ।

 

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?