+
+
Shares

अपाङ्ग भत्ता खान १६ वर्षसम्म बोल्न नसक्ने नाटक, यसरी भयो झुटको पर्दाफास

एजेन्सी एजेन्सी
२०८२ वैशाख ३ गते १०:३२

ठगहरु दुनियाँमा जुुनसुकै देशमा पनि हुँदा रहेछन् । युरोपेली मुलुक स्पेनमा एकजना यस्ती महिलाको पर्दाफास भएको छ जसले अपाङ्गता भत्ता खानका लागि १६ वर्षसम्म आफू बोल्न नसक्ने नाटक गरिन् । अन्ततः एक निजी जासुसले उनको त्यो चालबाजीको पर्दाफास गरिदियो ।

स्पेनको एन्डालुसियास्थित एक सुपर मार्केटमा काम गर्ने ती महिलामाथि सन् २००३ मा ग्राहकद्वारा आक्रमण भएको थियो । उक्त घातक घटनापछि उनमा पोस्ट ट्रमाटिक स्ट्रेड डिसअर्डर हुनुका साथै बोल्ने क्षमता गुमेको बताइएको थियो । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा अन्तरगत उनले स्थायी रुपमा अपाङ्ग भत्ता पाउने भए । तर, नियमानुसार उनलाई विमा कम्पनीले उक्त भत्ता दिनु पर्दथ्यो ।

केही वर्षसम्म अपाङ्ग भत्ता दिएपछि बीमा कम्पनीले नियमित प्रक्रियाको रुपमा उनको मामिलाको समीक्षा गर्‍यो र त्यसमा केही अनियमितता फेला पार्‍यो । जसका कारण उनीमाथि थप अनुसन्धान अघि बढाइयो । कम्पनीले एक निजी जासूस भाडामा लियो, जसले सूक्ष्म निगरानी गर्दै जाँदा ती महिला सामान्य रुपमा बोल्न सक्ने कुरा पत्ता लाग्यो ।

बोली गुम्ने आक्रमण भएको १६ वर्षपछि सन् २०१९ मा उनको अपाङ्ग भत्ता दिने बिमा कम्पनीले उनका चिकित्सा रेकर्डको समीक्षा सुरु गर्‍यो । त्यसक्रममा उनले सन् २००९ पछि उनको चेकजाँच र उपचार गरेका कुनैपनि विशेषज्ञ डाक्टरहरुले उनको चिकित्सा रिपोर्टमा उनी बोल्न नसक्ने बिरामी रहेको उल्लेख गरेका थिएनन् । त्यो कुरा वास्तवमा असामान्य देखियो । अनि बिमा कम्पनीले ती महिलाको अवस्था पुनर्मूल्यांकन गर्नका लागि डाक्टरहरुको एक समूह पनि खटायो । त्यसक्रममा कम्तिमा एकजना मनोविज्ञले ती महिलाले ठगी गरिरहेको हुनसक्ने आशंका गरेका थिए ।

तर, एकजना मनोविज्ञको आशंका मात्र ती महिलाविरुद्ध ठगीको मुद्दा चलाउनका लागि पर्याप्त थिएन । त्यसैले बिमा कम्पनीले प्रमाण संकलन गरी महिलाको कर्तुतको पर्दाफास गर्नका लागि एक निजी जासुस खटायो । त्यसको केही हप्तामै जासुसले बोल्न नसक्ने भनेर अपाङ्ग भत्ता थापिरहेकी ती महिला सामान्य मानिसझैं बोलचाल गर्नसक्ने कुरा पत्ता लगायो । ती महिला बाटोमा हिंड्दा अरुसँग सामान्य रुपमा कुराकानी गर्ने, स्कुलको बाहिर अरु अभिभावकसँग पनि कुराकानी गर्ने, कुनैपनि समस्या विना नै फोनमा बोल्ने र जुम्बा नाचको कक्षामा पनि सहभागी हुने गरेको पाइयो ।

ती महिला साँच्चीकै बोल्न सक्छिन् भन्ने प्रमाण संकलनका लागि एकजना सो जासुस सडकमा हिंडिरहेकी ती महिलाको अगाडि पुगेर स्थानीय डिपार्टमेन्टल स्टोर जाने बाटोको दिशा सोधे । जासुसको प्रश्नको जवाफमा उनले प्रष्ट ढंगले स्पेनिस भाषामा बोलेर डिपार्टमेन्टल स्टोरसम्म पुग्ने बाटो बताइन् । उनी बोलिरहँदा जासूसले उनको बोली रेकर्ड गरिरहेको थियो ।

त्यहीँ अन्तिम तथा अकाट्य प्रमाणको आधारमा बिमा कम्पनीले ती महिला विरुद्ध मुद्दा हाल्यो र ती महिलालाई अपाङ्ग भत्ता दिनु आवश्यक नहुने जिकिर गर्‍यो । एन्डालुसिया हाइ कोर्टले जनवरीमा उक्त मुद्दामा फैसला गर्दै ती महिलालाई दोषी ठहर गर्‍यो र बिमा कम्पनीले उनलाई अपाङ्ग भत्ता दिनु नपर्ने फैसला गर्‍यो ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?