+
+
Shares

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १०:५३

३ वैशाख, काठमाडौं । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो ।

यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?