+
+
Shares

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते ११:३३

३ वैशाख, मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

जहदा र कटहरी जोड्ने पक्की पुल बुधबार उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवत–जावतमा सहजता थपिने विश्वास छ । ‘यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकी सहज हुने र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु’, पुल उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन क्रियाशील रहेको पनि सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?