
३ वैशाख, काठमाडौं । लागुऔषधसहित प्रहरीले दाङबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरमा रोल्पाको रोल्पा नगरपालिका–८ घर भएका २६ वर्षीय रवीन घर्ती मगर, सोही ठाउँका २५ वर्षीय विकाश केसी, सोही पालिका–२ का २७ वर्षीय समीप रोका मगर र सोही पालिका–२ का २५ वर्षीय रिमन पुन मगर छन् ।
उनीहरुलाई घोराही उपमहानगरपालिका–२९ दुईखोलीबाट प्रहरी चौकी दुईखोलीले पक्राउ गरेको हो । उनीहरुबाट ५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै मनोद्धिपक पदार्थ ७४० क्याम्पुल पनि बरामद भएको छ ।
राहीबाट रोल्पातर्फ जाँदै गरेको रा ४ प ४३५३ नम्बरको मोटरसाइक र लु. प्र. ०२–००१ प १३७६ नम्बरको स्कुटरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4