+
+
Shares

पाँचखालमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १२:२२

३ वैशाख, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी शक्ति परियारकी चार वर्षीया छोरी आरिका परियार छिन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको लागि लगिएको थियो । धुलिखेल अस्पतालमै उनको मृत्यु भएको हो ।

बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?