+
यु-१९ विश्वकप छनोट :

नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

२०८२ वैशाख  ३ गते १२:३६ २०८२ वैशाख ३ गते १२:३६
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

३ वैशाख, काठमाडौं। स्पीनरले कसिलो बलिङ गरेपछि नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो ।

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

नेपालले हालसम्म खेलेका दुईवटै खेल जितेको छ भने आज तेस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपालजस्तै दुई खेल जितेको अफगानिस्तान आज यूएईसँग माथिल्लो मुलपानीमा खेल्दै छ र बलियो प्रदर्शन गरिरहेको छ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय