+
+
Shares

कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव

परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १३:०२

३ वैशाख, काठमाडौं । विभिन्न देशका कूटनीतिक प्रतिनिधिलाई पर्यटन गन्तव्य इलाम भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ ।

नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावना प्रवद्र्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामलाई पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्‍याएको बोर्डले जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् ।

भ्रमणले स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।

१३ अप्रिलमा काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै इलाम यात्रा सुरु भएको थियो । भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कन्याम नगरपालिकाद्वारा अतिथिको स्वागत गरिएको थियो ।

पाहुनाले सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रमको मजा लिएका थिए । हर्स राइडिङ (घोडचढी) को विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गरेको थियो ।

१४ अप्रिल बिहान सबेरै श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो । अन्तु पोखरीमा माछा मार्ने र डुंगा सयर गर्ने गतिविधि भएको थियो । त्यस्तै चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले इलामको चिया संस्कृतिको अनुभव प्रदान गरेको थियो ।

स्थानीय उत्पादन चिज टेस्टिङ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुना सहभागी थिए । उक्त प्रतिनिधिमण्डल १५ अप्रिलमा इलामसँग बिदाइ, भद्रपुर विमानस्थल हुँदै काठमाडौं फिर्ता भएको थियो । भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्‍याएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?