+
+
Shares

अमेरिकामा एआई सुपर कम्प्युटर बनाउँदै एनभिडिया

एजेन्सी एजेन्सी
२०८२ वैशाख ३ गते १३:४१

चिपमेकर कम्पनी एनभिडियाले पहिलोपटक अमेरिकामा आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स सुपर कम्प्युटर बनाउने घोषणा गरेको छ ।

एरिजोना तथा टेक्सासमा १० लाख वर्गफिटभन्दा धेरै क्षेत्रफलमा फैलिएको ठाउँमा आधारभूत संरचना निर्माण गर्ने र त्यहाँ कम्पनीको विशेष एआई चिप ब्लाकवेलको निर्माण र परीक्षण गर्ने एनभिडियाले जनाएको छ ।

दिग्गज प्रविधि कम्पनी एनभिडियाका अनुसार यस परियोजनमा कम्पनीले आगामी चार वर्षभित्रमा करिब आधा ट्रिलियन डलरका प्राविधिक संरचना तयार गर्नेछ ।

कम्पनीका संस्थापन जेन्सन हुआंगका अनुसार विश्वकै पहिलो एआई प्रविधिको इन्जिन पनि अमेरिकामा तयार भैरहेको छ ।

हुआंग भन्छन् – अमेरिकामा हुने उत्पादन र निर्माणबाट हामीलाई एआई चिप तथा सुपर कम्प्युटरको जबरजस्त तथा लगातारको बढ्दो मागलाई उत्कृष्ट तरिकाले पूरा गर्न मद्दत मिल्नेछ । हाम्रो आपूर्ति शृङ्खला सशक्त हुनेछ र संकटसँग जुध्ने क्षमता पनि बढ्नेछ ।

एनभिडियाको तर्फबाट यो घोषणा यस्तो समयमा आएको छ, जब ट्रम्प प्रशासनले स्मार्टफोन तथा ल्यापटप जस्ता विद्युतीय उपकरणमा दिएको भन्सार महसुल छुट केवल अस्थायी राहत भएको बताएको छ ।

यो छुट केवल त्यसबेला सम्मको लागि मात्रै हो जबसम्म अधिकारीहरुले सेमिकन्डक्टर उद्योगका लागि एक नयाँ भन्सारदर प्रणाली तयार गरिसक्ने छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम् र ह्वाइट हाउसका अधिकारीहरुले भन्सार महसुलमा दिइएको छुट त्यति ठूलो नभएको बताएका छन् । उनीहरुको अनुसार उक्त छुटले विद्युतीय उपकरण र अन्य जरुरी पाटपुर्जामा लाग्ने अमेरिकी भन्सारदरको असरलाई थोरै कम त गर्नेछ, तर पूर्णरुपमा अन्त्य भने गर्नेछैन ।

अमेरिकाका वाणिज्य मन्त्री हावर्ड लुटनिकका अनुसार ती प्रडक्टहरुलाई पारस्परिक भन्सारबाट छुट दिइएको हो तर यी अझै पनि सेमिकन्डक्टर करमा सामेल छन्, जुन सायद आगामी एक दुई महिनामा लगाइने छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?