+
+
Shares
ओटीटी :

‘लगआउट’देखि गर्ल्स होस्टेलको ‘खौफ’सम्म : यो साता ओटीटीमा के हेर्ने ?

‘द लास्ट अफ अस’को सिजन २ नयाँ मोड लिएर आएको छ, । दिमागलाई चकित पार्ने कथा भएको ‘द स्टोलन गर्ल’ पनि यसै हप्ता ओटीटीमा आउँदैछ । अप्रिल १४ देखि अप्रिल २० सम्म ओटीटीमा रिलिज हुने नयाँ फिल्म र वेब सिरिजहरूको सूची हेरौं :

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १४:०६

काठमाडौं । अप्रिलको यो नयाँ सातामा तापक्रम वृद्धि भैरहँदा, ओटीटीमा आउने नयाँ कार्यक्रम र फिल्मको सूचीले पनि दर्शकको मनोरञ्जनको तापक्रम बढाउने पक्का छ ।

अभिनेता इरफानका छोरा बबली खान आफ्नो नयाँ मनोवैज्ञानिक थ्रिलर ‘लगआउट’ लिएर आउँदैछन् भने, रजत कपूरको डरलाग्दो फिल्म ‘खौफ’ पनि स्ट्रिम हुँदैछ ।

‘द लास्ट अफ अस’को सिजन २ नयाँ मोड लिएर आएको छ, । दिमागलाई चकित पार्ने कथा भएको ‘द स्टोलन गर्ल’ पनि यसै हप्ता ओटीटीमा आउँदैछ । अप्रिल १४ देखि अप्रिल २० सम्म ओटीटीमा रिलिज हुने नयाँ फिल्म र वेब सिरिजहरूको सूची हेरौं :

लगआउट

‘लगआउट’ एक मनोवैज्ञानिक थ्रिलर हो जसमा बाबिल खान प्रत्युष दुआको भूमिकामा छन् । यो पात्र २६ वर्षीय सामाजिक सञ्जालका इन्फ्लुएन्सर हो जसका १ करोड फलोअर्स हुनेवाला छन् । उनले कडा परिश्रम र सावधानीसँग यो स्थान हासिल गरेका हुन् । तर प्रत्युषको जीवन त्यतिबेला जटिल हुन्छ जब एक फ्यानले उसको फोन खोस्छ । अब कथा अस्तित्वको लडाइ बन्छ । अमित गोलानीद्वारा निर्देशित यस फिल्मको कथा विश्वपति सरकारले लेखेका हुन् । फिल्ममा बबलीबाहेक रसिका दुग्गल, निमिषा नायर र गन्धर्व दिवानको पनि अभिनय छ । १८ अप्रिलमा यो फिल्म जी–फाइभमा आउनेछ ।

खौफ

स्मिता सिंहद्वारा निर्देशित ’खौफ’ एक मनोवैज्ञानिक हरर वेब सिरिज हो । यो दिल्लीको एक गल्र्स होस्टेलको कथा हो, जहाँ मधु (मोनिका पनवार) नामकी युवतीले आफ्नो नयाँ ठेगाना पाउँछिन् । विगतबाट तर्सिएकी मधु नयाँ शहरमा, नयाँ मानिसको बीचमा सान्त्वना खोज्ने प्रयास गरिरहेकी छिन् । तर चाँडै नै उसले होस्टेलमा लुकेका दुष्ट शक्तिहरूसँग सामना गर्नुपर्ने हुन्छ । होस्टेलको भयानक इतिहास प्रकाशमा आउँदा, मधुले त्यहाँभित्रको आतंक र आफ्नै भित्री राक्षस को सामना गर्छिन् । ८ एपिसोडको सिरिजमा रजत कपूर, अभिषेक चौहान, गीताञ्जली कुलकर्णी, शिल्पा शुक्ला र ’बिग बोस १८’ फेम चुम दराङ पनि छन् । १८ अप्रिलमा यो फिल्म प्राइम भिडियोमा रिलिज हुनेछ ।

डेभिड

‘डेभिड’ एक मलयालम स्पोट्र्स ड्रामा फिल्म हो । यो पूर्वबक्सर आशिक अबु (एन्टोनी वर्गीस)को जीवनको कथा हो । उनी यतिबेला सुरक्षा गार्ड बनेका छन् । आशिकको जीवन त्यतिबेला परिवर्तन हुन्छ जब उसलाई टर्कीका एक महान बक्सिङ च्याम्पियन सैनुल अखमादोभ (मोहम्मद इस्माइल) को सुरक्षा गर्ने काम दिइन्छ । उसको नयाँ जागिरले उसलाई बक्सिङको संसारमा फिर्ता ल्याउँछ, जहाँ उसले आफ्नो विगतका खराबीहरूको सामना गर्छ । उसले आफूलाई फेरि फेला पार्न आफैलाई चुनौती दिन्छ । फिल्ममा लिजोमोल जोस, विजयराघवन र साइजु कुरुपले उत्कृष्ट काम गरेका छन् । यो फिल्म १८ अप्रिलमा जी–फाइभमा आउनेछ ।

रेन्सम क्यानन

’रेन्सम क्यान्यन’ टेक्सास हिल कन्ट्रीमा सेट गरिएको एक रोमान्टिक पश्चिमी सिरिज हो । जोडी थोमसको सर्वाधिक बिक्री हुने उपन्यासमा आधारित श्रृंखलामा स्ट्याटन किर्कल्याण्ड (जोश डुहामेल) एउटा खेतको मालिक हुन् । ऊ बदलाको आगोमा जलिरहेको छ । स्ट्यान्टनले क्विन ओ’ग्रेडी (मिन्का केली) लाई भेट्छिन्, जो एक पूर्व कन्सर्ट पियानो वादक हुन् र अहिले डान्सहलको मालिक हुन् । यस श्रृंखलाका कलाकारहरूमा जेम्स ब्रोलिन, लिजी ग्रिन र इयोन म्याकेन पनि छन् । यो सिरिज १७ अप्रिलमा नेटफ्ल्क्सिमा आउनेछ ।

द लास्ट अफ सिजन २

यसपटक ’द लास्ट अफ अस सिजन २’ मा कथा पाँच वर्ष अगाडि बढ्नेछ । धोका पाएपछि एली (बेला रामसे) कठोर हुन्छिन् । उनी अब बदला लिने बाटोमा अघि बढेकी छन् । जोएल (पेड्रो पास्कल)बाट विचलित भएर उनी एक साहसी सिपाही एबी (केटलिन डेभर) सँग नजिक हुन्छिन् । विगत र वर्तमान एकअर्कासँग गाँसिएकाले, दुवै महिला न्यायको बाटोमा बाँच्न र क्रूरता सहन बाध्य छन् । सिजन २ मा गेब्रियल लुना, रुटिना वेस्ली, इसाबेला मर्सिड र याङ माजिनो पनि छन् । यो फिल्म १४ अप्रिलमा जियो हटस्टारमा रिलिज हुनेछ ।

द स्टोलन गर्ल

एलेक्स डाहलको उपन्यास ’प्लेडेट’मा आधारित ’द स्टोलन गर्ल’ पनि एक मनोवैज्ञानिक थ्रिलर वेब सिरिज हो । यसमा डेनिस गफले एलिसा ब्लिक्स, एक निजी जेट उडान परिचारिकाको भूमिका निर्वाह गरेकी छिन् । एलिसाकी नौ वर्षीया छोरी लुसिया (बीट्रिस कोहेन) एक रात आफ्नी नयाँ साथी जोसी (रोबिन बेटरिज)को घरमा एक रात सुत्नको लागि जान्छिन् र गायब हुन्छिन् । उनलाई यो कुरा थाहा हुन्छ कि रेबेका वाल्श (हलिडे ग्रेन्जर)को घर वास्तवमा झूट र अपहरण स्थल हो । एलिसा र उनका पति फ्रेड (जिम स्टर्गेस) अहिले आफ्नी छोरीको अपहरणको सामना गरिरहेका छन् । कथामा पत्रकार सेल्मा देसाई (अम्बिका मोड) को प्रवेश देखिन्छ, जो मुद्दाको गहिराइमा पुग्न र लुकेका रहस्यहरू उजागर गर्न चाहन्छिन् । यो सिरिज १६ अप्रिलमा जियो हटस्टारमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?