+
+
Shares

वैज्ञानिकले पत्ता लगाए नयाँ रक्त समूह MAL, खुल्यो ५० वर्ष पूरानो रहस्य

करिब २० वर्षसम्म उक्त रगत सम्बन्धी विशिष्टताका विषयमा शोध गरेपश्चात् बेलायतको नेसनल हेल्थ सर्भिसका रक्तविद लुईस टिलीले गत सेप्टेम्बरमा उक्त खोज एक ठूलो उपलब्धी भएको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १४:४६

काठमाडौं । सन् १९७२ मा एकजना गर्भवती महिलाको रगतमा एउटा अनौठो कमजोरी देखियो । ५० वर्षको शोधपछि बेलायत र इजरायलका वैज्ञानिकहरुले एउटा नयाँ रक्त समूह पत्ता लगाएका छन् ।

सन् २०२४ मा उक्त वैज्ञानिक टोलीले आफ्नो शोधमा उक्त खोजको विषय प्रकाशित गरेका छन् । यसबाट दुर्लभ रक्त समूह भएका विरामीहरुको राम्रो उपचार सम्भव हुने अपेक्षा गरिएको छ ।

करिब २० वर्षसम्म उक्त रगत सम्बन्धी विशिष्टताका विषयमा शोध गरेपश्चात् बेलायतको नेसनल हेल्थ सर्भिसका रक्तविद लुईस टिलीले गत सेप्टेम्बरमा उक्त खोज एक ठूलो उपलब्धी भएको बताएका थिए ।

हाम्रो रगतमा विभिन्न खालका रक्तसमूह हुन्छन्, जसमा ABO तथा Rh तत्व प्रमुख छन् । ती रक्तसमूह प्रोटिन तथा चिनीबाट बन्दछन्, जुन रक्त कोशिकाहरुमा पाइन्छ । हाम्रो सरीरले यसको उपयोग रोगको पहिचानका लागि गर्दछ र हानिकारक तत्वहरुबाट बचाउँछ ।

टिलीका अनुसार सरीरमा रक्त चढाउँदा रक्त समूह मिलान गर्नु आवश्यक हुन्छ । यदि रक्त समूह मेल खाएन भने यसबाट गम्भीर प्रतिक्रिया उत्पन्न हुनसक्छ । नयाँ रक्त समूहको खोजबाट दुर्लभ रक्त समूह भएका बिरामीको राम्रो उपचार सम्भव हुने अपेक्षा विज्ञहरुको छ ।

नयाँ रक्तसमूह MAL के हो ?

अघिल्लो शोधमा ९९.९ प्रतिशत भन्दा धेरै मानिसमा AnWj एन्टिजेन हुने तथ्य पत्ता लागेको थियो, जो सन् १९७२ का बिरामीको रगतमा थिएन । उक्त एन्टिजेन माइलिन तथा लिम्फोसाइट प्रोटिनमा पाइन्छ, जसबाट शोधकर्ताहरुले नयाँ रक्त समूहलाई MAL नाम दिए ।

जब कुनै व्यक्तिका दुबै MAL जिनमा उत्परिवर्तन हुन्छ, तब उसको रगत AnWj नेगेटिभ हुन्छ । टिली र उनको टिमले तीनजना बिरामीको पहिचान गरे, जसमा दुर्लभ रक्त प्रकार थियोे तर त्यो उत्परिवर्तन भने थिए । यसबाट थाहा हुन्छ कि कहिलेकाहीँ रक्त विकारले पनि एन्टिजेनलाई दबाउन सक्दछ ।

एमएएल रक्त समूह माइलिन र लिम्फोसाइट प्रोटिनमा आधारित छ । AnWj एन्टिजेनको अनुपस्थितिबाट यो रक्त समूहको पहिचान हुन्छ । दुर्लभ रक्तप्रकार भएका बिरामीमा एमएएल जिन म्युटेसन वा रक्तविकार हुनसक्छ ।

जब कुनै व्यक्तिका दुबै MAL जिनमा उत्परिवर्तन हुन्छ, तब उसको रगत AnWj नेगेटिभ हुन्छ । टिली र उनको टिमले तीनजना बिरामीको पहिचान गरे, जसमा दुर्लभ रक्त प्रकार थियोे तर त्यो उत्परिवर्तन भने थिए । यसबाट थाहा हुन्छ कि कहिलेकाहीँ रक्त विकारले पनि एन्टिजेनलाई दबाउन सक्दछ ।

वेस्ट अफ इंगल्याण्ड विश्वविद्यालयका कोशिका जिवविज्ञ टिम सेटचवेलका अनुसार एमएएल एक निकै सानो प्रोटिन हो, जसमा केही रोचक गुणहरु हुन्छन् । त्यसैले यसको पहिचान गन कठिन हुन्छ । त्यसैले उनीहरुले उक्त रक्तसमूह प्रणालीलाई स्थापित गर्नका लागि आवश्यक प्रमाण संकलन गर्न विभिन्न जाँच गरे ।

दशकौँको शोधपछि टिमले सामान्य एमएएल जिनलाई AnWj नेगेटिभ रक्त कोशिकामा हाले । त्यसबाट प्रभावकारी ढंगले ती कोशिकाहरुमा AnWj एन्टिजेन पुग्यो । एमएएल प्रोटिनले कोशिकाहरुको झिल्लीलाई स्थीर राख्न तथा कोशिकाहरुको सञ्चारमा सहयोग गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

पछिल्लो अध्ययनले उक्त एन्टिजेन नवजात शिशुहरुमा नपाइने र जन्मेको तुरुन्तै पछि चाहीँ देखिने तथ्य पत्ता लगाएको छ । रोचक त यो छ कि अध्ययनमा सामेल सबै AnWj नेगेटिभ बिरामीहरुमा एउटै खालको म्युटेसन थियो । यद्यपि उक्त म्युटेसनसँग अन्य कुनै कोशिकाजन्य विकार वा रोगहरु पाइएनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?