+
+
Shares

उज्ज्वल सागर पहिलो ‘लाइभ कन्सर्ट’मा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १५:५२

काठमाडौं । गायक तथा संगीतकार उज्ज्वल सागरको पहिलो कन्सर्ट आयोजना हुने भएको छ । आउँदो बैशाख ६ गते शनिबार झम्सिखेलस्थित मोक्षमा उज्ज्वल सागर एण्ड द ब्यान्डको लाइभ प्रस्तुति हुने भएको हो ।

‘ब्यान्डसँग लाइभ प्रस्तुति दिनु मेरो सपना थियो तर केही कारणवश यो पुरा हुन सकेको थिएन’ उनी भन्छन् ।

‘गीत रचना गर्ने र गाउने यात्राको निरन्तरतासँगै विभिन्न कलाकारसँग सहकार्य गर्दै आइयो, अन्ततः यसपटकदेखि लाइभ कन्सर्टको पनि सुरुवात हुने भयो’ उनले भने ।

रैला प्रोडक्सनको आयोजना र आइडिया हबको सञ्चालनमा आयोजना हुने कार्यक्रमलाई टुबोर्ग बियर र मन्त्र गिटारले प्रायोजन गरेका छन् ।

कन्सर्टमा गायक उज्ज्वलकै लोकप्रिय गीत गुन्जिनेछन् भने केही अग्रज कलाकारको सम्मानमा उनीहरूका गीत पनि प्रस्तुत हुनेछन् । ‘सुनन, तिमी खुसी त छौ नि’,’ ’सुनाखरी,’ ’दैलो, सन्नाटा, मिर्मिरे, छायाँ, धून आदि उनका लोकप्रिय गीत हुन् ।

उनको ब्यान्डमा गायनमा उज्ज्वल सागर स्वयम, र उनलाई गायिका प्रवृत्ति राईले साथ दिने छिन् । गिटारमा नरेन मोक्तान र विश्व अधिकारी, ड्रम्समा रिदम बोगटी, बाँसुरीमा रुपेश शाक्य, किबोर्डमा निल घतानी, बेस गिटारमा जय लामा दोङ, तबलामा आयुष धिताल र साउण्ड इन्जिनियरका रुपमा सविन शाक्य हुनेछन् ।

यो कन्सर्टको लागि ‘टिकट सञ्जाल’ वेबसाइटमा ७०० रुपैयाँ र डोर सेलमा १००० रुपैयाँमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?