+
+
Shares

काठमाडौं महानगरले एभरेष्ट अस्पताललाई तिरायो ५० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १६:१८

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । अस्पताल अनुगमन गर्दा हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।

रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावि फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ ।

यही कसुर दोहोर्‍याएमा पहिलोपटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।

६ पटक अनुगमन गर्दा सुध्रिएन

यस वर्ष मात्रै पनि एभरेष्ट अस्पतालको फोहर व्यवस्थापन अनुगमन गरिएको ३ पटक भइसकेको राईले बताइन् ।

‘विगतको अनुगमन जोड्ने हो भने ६ पटकभन्दा धेरै भइसक्यो । यसरी गरिएको अनुगमनका क्रममा सुधारका लागि सुझाव र सुधारको मौका दिने, अति लापरबाही देखिए फोहर ढुवानीमा रोक लगाउने गरिएको थियो । अस्पतालको अभ्यास चित्तबुझ्दो नभएपछि निगरानी निरन्तर गरियो,’ वातावरण व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भनिन् ।

अनुगमनका क्रममा सुधार नदेखिएपछि अस्पतालका अधिकारीहरुलाई वातावरण व्यवस्थापन विभागका बोलाएर मापदण्डका विषयमा जानकारी समेत दिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?