
३ वैशाख, काठमाडौं । कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्न सक्ने तथा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक साता १ सय जनालाई १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा १ सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५ सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्ने छ । यो प्रक्रिया पूरा गरेपछि, ग्राहक साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ का लागि स्वतः योग्य हुनेछन् ।
यस अन्तर्गत प्रत्येक साता १ सय भाग्यशाली विजेताले १ सय रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागीमध्ये एक जना विजेताले बम्पर उपहार स्वरूप आईफोन १६ जित्ने अवसर प्राप्त गर्ने एवं यो योजना १ देखि ३१ वैशाखसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।
यस योजनाले ग्राहकलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वाससाथ मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबार्र प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ सेवा थप सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकको छ ।
२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकको हाल ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित इकाइ सञ्चालनमा छन् ।
प्रतिक्रिया 4