+
+
Shares

नीति तथा कार्यक्रम र बजेटका लागि एमालेले प्रधानमन्त्रीलाई दियो सुझाव

प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरूको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १७:५२

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको भन्दै महासचिव पोखरेलले आगामी नीति तथा कार्यक्रम र बजेटमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको बताए ।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको बताए ।

प्रधानमन्त्री ओलीसमक्ष नेकपा एमालेले तयार पारेका विषयगत सुझाव बुझाउँदै महासचिव शंकर पोखरेल । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरूको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?