+
+
Shares

५२ संवैधानिक पदाधिकारीविरूद्धको सुनुवाइ ७ वैशाखमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १७:५८

३ बैशाख, काठमाडौं । संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा आगामी आइतबार (७ वैशाख) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

एक पटक सुनुवाइ गरेपछि दुई/तीन सातापछि मात्रै सुनुवाइ गर्दै आएको सर्वोच्च अदालतले आगामी आइतबारका लागि मुद्दाको सुनुवाइ मिति तोकेको हो ।

बुधबारको सुनुवाइमा सबै रिट निवेदकहरुको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरे। उनीहरुले अध्यादेशका आधारमा भएको ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति गैरसंवैधानिक भएको जिकिर गरेका थिए ।

निवेदकहरुको बहसपछि सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरे। उनले त्यतिबेलाको परिस्थितीमा संवैधानिक परिषदको बैठक नै बस्न नसक्ने त्यतिबेलाको परिस्थितिका कारण अध्यादेश जारी गर्नुपरेको बताएका थिए ।

अध्यादेशका आधारमा बसेको संवैधानिक परिषदको बैठकले उनीहरुको नियुक्ति गरेको र त्यसपछि अध्यादेश नै खारेज भएकाले रिट निवेदनहरुको औचित्य सकिएको जिकिर गरे ।

मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले आगामी आइतबार (७ वैशाख)का लागि पेशी तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?