
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डेन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायत सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
३ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका–६ अर्घलेस्थित गोरखा गार्डेन होटलबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । यो सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले गोरखा गार्डेन होटलमा विशेष छुट पाउनेछन् ।
सम्झौतामा गोरखा गार्डेन होटलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका लागि बैंकका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डेन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायत सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
प्रभु बैंक र गोरखा गार्डेन होटलबीच भएको योे साझेदारीले गोरखाको पर्यटन प्रवर्द्धन हुनुका साथै बैंकका ग्राहक पनि लाभान्वित हुनेछन् ।
प्रतिक्रिया 4