+
+
Shares

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सुरु

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्री सम्बन्धी अन्य सूचना प्रकाशित गरिने बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १८:२५

३ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण सूचनाबारे विस्तृत जानकारी समेटिएको छ । यसका लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफल सहित विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्णविवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन आवश्यक भए सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, ईमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्री सम्बन्धी अन्य सूचना प्रकाशित गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?