+
+
Shares

आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १९:४९
फाइल तस्वीर

३ वैशाख, काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (शासकीय मामला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको हो ।

पूर्वअर्थ सचिव रामेश्वर खनाल संयोजकत्वमा गठित आयोगले हालै प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव दिइएको छ । जसमा क्षेत्रगत रूपमा सुझावहरू दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?