+

आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल बाहिरियो

२०८२ वैशाख  ४ गते ८:५६ २०८२ वैशाख ४ गते ८:५६
आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल बाहिरियो

४ वैशाख, काठमाडौं । कीर्तिमानी १५ पटकको च्याम्पियन रियल मड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब आर्सनल १६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुकायो साकाको पेनाल्टी मिस र गोलपछि दोस्रो लेगको खेलमा रियललाई उसैको घरमा २-१ ले पराजित गरेको आर्सनल समग्रमा ५-१ को नतिजासहित अन्तिम चारमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ३-० ले जितेको आर्सनल आरामदायी अवस्थामा थियो तर ढुक्क हुन सक्ने स्थिति भने थिएन । किनभने रियलले घरेलु मैदानमा खेल्दै थियो र पुनरागमन गर्न सक्ने स्मभावन पनि थियो ।

बुकाया साकाले १३औं मिनेटमा पेनाल्टी मिस गर्दा रियललाई राहत भएको थियो । तर, साकाले ६५औं मिनेटमा गोल गर्दै त्यसलाई सच्याए । त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत गरेका थिए । तर गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई दोस्रो लेगमा पनि जित दिलाए ।

यस्तै इटालियन क्लब इन्टर मिलान पनि जर्मन क्लब बायर्न म्युनिखलाई पछि पार्दै सेमिफाइनल पुगेको छ । दोस्रो लेगमा २-२ को बराबरी खेलेको इन्टरले समग्रमा ४-३ को जित निकालेको हो । पहिलो लेगमा २-१ ले विजयी भएको इन्टरलाई त्यही जित सहयोगी बन्यो ।

दोस्रो लेगमा बायर्नले ह्यारी केनको गोलमार्फत पहिले अग्रता लिएपनि जोगाउन सकेन । लाउटारो मार्टिनेज र बेन्जनामिन पाभार्डले गोल गरेपछि इन्टरले २-१ को अग्रता बनायो । एरिक डायरले बायर्नका लागि गोल फर्काउँदा खेल बराबरीमा सकिएको थियो ।

आर्सनल र इन्टर अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समिकरण पनि तय भएको छ । यसअघि नै बार्सिलोना र पेरिस सेन्ट जर्मेन सेमिफाइनल पुगिसकेको छ ।

अब आर्सनलले पेरिस सेन्ट जर्मेन र बार्सिलोनाले इन्टर मिलानसँग खेल्नेछ ।

सेमिफाइनल पहिलो लेगका खेलहरू २९ र ३० अप्रिलमा हुनेछ भने दोस्रो वेग ६र ७ मे मा हुनेछ ।

फाइनल खेल ३१ मे मा म्युनिखको एनिएन्ज एरेनामा हुनेछ ।

आर्सनल च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय