+

कुवेतसँगको हारले नेपालको वरीयता खस्कियो, दीपेन्द्र पनि तेस्रोमा झरे

२०८२ वैशाख  ४ गते ९:०४ २०८२ वैशाख ४ गते ९:०४
कुवेतसँगको हारले नेपालको वरीयता खस्कियो, दीपेन्द्र पनि तेस्रोमा झरे

४ वैशाख, काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी-२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।

नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी-२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।

हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।

दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् ।

दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।

दीपेन्द्रले हङकङमा भएका खेलमा कतारसँग ब्याटिङ गर्नुपरेन भने बलिङमा ४ ओभरमा २६ रन दिंदा कुनै विकेट लिएनन् ।

कुवेतसँग १२ बलमा ३१ रन बनाउँदा हङकङसँग वर्षाले प्रभावित खेलमा ब्याटिङ बलिङ दुवै गरेनन् । कुवेतसँगको फाइनलमा भने उनी डकआउट भएका थिए । बलिङमा पनि एक ओभर गर्दा विकेट लिएनन् ।

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय