+
+
Shares

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १२:१६
फाइल तस्वीर

४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु भएको छ ।

धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका नेताहरूको रिहाइको विषयमा छलफल हुँदैछ ।

चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । त्यसदिन भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ८२ जना प्रहरी अनुसन्धानमा छन् ।

८२ जना मध्ये ७४ जना प्रहरी हिरासतमा छन् भने ८ जना हाजिर जमानीमा रहेका छन् ।

हिरासतमा रहेका नेताहरूलाई रिहा गर्न राप्रपाले सरकारलाई आग्रह गर्दै आएको छ ।

यसका साथै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यही बैशाख ७ गते राजधानीमा गर्ने भनिएको प्रदर्शनको तयारीको बिषयमा समेत छलफल हुँदैछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी, पुर्बअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेताहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, राजेन्द्र गुरूङ लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?