
४ वैशाख, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षासहितको बाढीले क्षति पुर्याएको छ ।
बाढीले पसल घरहरू क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
१० भन्दा बढी घर, पसलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले बताए ।
उनका अनुसार अहिलेसम्म २७ बाख्रा मरेको विवरण प्राप्त भएको छ भने २९ वटाको उद्वार भएको छ ।
२५ बाख्रा हराएको डिएसपी पोखरेले जानकारी दिए ।
अदानचुली गाउँपालिका –३ का आइते बुढाको गोठ भत्किएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4