+
+
Shares
ओटीटी :

अरुणिमा अभिनित वेब-सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १२:३२

काठमाडौं । ‘एमएसएम’ ओटीटी प्लाटफर्ममा रिलिज तयारीमा रहेको वेब-सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरमा अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा प्रस्तुत गरिएको छ । सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज बैशाख दोस्रो सातादेखि उक्त प्लाटफर्ममा रिलिज हुने भएको छ ।

१२ एपिसोडको यो श्रृंखला छायांकन अमेरिकामा गरिएको छ । ‘कमेडी ड्रामा’ विधामा आधारित सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र ‘लिभ इन रिलेसनसिप’मा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्छ ।

प्रेसमिटमा निर्देशक एवं अभिनेता विमलेश अधिकारीले भने, ‘नेपालीहरू अमेरिकामा बस्दै गर्दा हाम्रो जीवनमा के कस्ता घटना घट्छन्, कस्तो जीवनशैली हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाइएको हो ।’

सिरिजले दर्शकलाई आत्मपहिचान र प्रवासी जीवनका यथार्थतासँग जोड्ने उनले बताए ।

यो श्रृंखलासँगै अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन् । उनी झन्डै १० वर्षपछि अभिनयमा फर्किएकी हुन् । श्रृंखलाका अन्य अभिनय कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा छन् । रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह-निर्माताका रूपमा जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?