+
+
Shares

‘जोगिन्दरको पान दुकान’को सिजन २ बिहीबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १३:१९

काठमाडौं । हाँस्य टिभी कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारण बिहीबारदेखि सुरु हुने भएको छ । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो ।

कार्यक्रम बिहीबारदेखि प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युवमा अपलोड हुने प्रस्तोता रिजालले बताए । विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेशवासीको लवजमा प्रस्तुत हुनेछन् ।

कार्यक्रममा मनोरञ्जन र सन्देश दुबै समेटिने जनाइएको छ । कार्यक्रमको पहिलो भागमा ‘होस्टेल ३’ डेब्यु अभिनेता तथा टिकटकमा ‘कुल ब्वाय’को रुपमा चर्चित पारस बम ठकुरी अतिथिका रुपमा देखिनेछन् । त्यसपछिको भागमा नेता सीके राउत देखिनेछन् ।

रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?