+
+
Shares

कांग्रेसको निष्कर्ष– गठबन्धनमा रहेका दलहरूबीच समन्वय आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १३:२१
फाइल तस्वीर

४ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ । बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुपर्‍यो भन्ने कुरा भयो । अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो,’ उनले भने ।

गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको महतले बताए ।

‘‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ महतले भने ।

बैठकमा संगठन सम्बन्धी विविध विषयमा पनि छलफल भएको उनले जानकारी गराए ।

‘त्यसमा के कति प्रगति भयो, भन्नेमा अधिवेशन हुनसक्ने आधार छन् कि छैनन् भन्ने हेर्‍यौं,’ महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?