
काठमाडौं । तपाईं नेटफ्ल्क्सिमा नियमित फिल्म र सिरिज हेर्नुहुन्छ भने यो समाचार रोचक हुनेवाला छ । अघिल्लो साताजस्तै ‘द लाइफ लिस्ट’ यससाता प्लाटफर्ममा सबैभन्दा धेरै हेरिने कथानक फिल्म बनेको छ ।
यो अमेरिकी रोमान्टिक कमेडी ड्रामा फिल्म एडम ब्रुक्सद्वारा लेखिएको र निर्देशित छ । लोरी नेल्सन स्पिलम्यानद्वारा लिखित उही नामको उपन्यासबाट रूपान्तरित पनि हो । यसमा सोफिया कार्सन, काइल एलेन र कोनी ब्रिटनले अभिनय गरेका छन् ।
आमाको मृत्युपछि मुख्य पात्र एलेक्सले बाल्यकालको आकांक्षालाई पुनः प्राप्त गर्ने प्रयास गर्दै जीवनको पुनःसमीक्षा गर्छिन् । जीवनभरका सपना पछ्याउँदा उनलाई अप्रत्याशित र आश्चर्यजनक यात्रामा लगिएको थाहा लाग्छ । यो फिल्म मार्च २८ देखि नेटफ्ल्क्सिमा रिलिज भएको हो ।
यो फिल्म ३ सातादेखि लगातार शीर्ष १० मा छ । यो सातामात्र १३.१ मिलियन पटक हेरिएको छ । यो साता २२ मुलुकमा यो फिल्म शीर्षस्थानमा रहेको उल्लेख छ । यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका शीर्ष १० कथानक फिल्मको सूची :
१) द लाइफ लिस्ट
२) अल्फा
३) राइज अफ द गार्जियन्स
४) मिट द खुमालोस्
५) द क्रूड्स
६) ब्लडसट्
७) वान अफ देम डेज
८) डेस्पिेकेबल मी ४
९) लुसी
१०) प प्याट्रल : द माइटी मूभी
प्रतिक्रिया 4