+
+
Shares
संगीत :

गलत शब्द चयन गरी मानमर्दन हुने गीत नबनाउनुहोला : साइबर ब्युरो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १४:४५

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले एआईमार्फत गलत शब्द चयन गरि संगीतको सिजर्ना गरि/गराई मानमर्दन नगर्न आग्रह गरेको छ । सामाजिक संजाल र एआईको अत्याधिक प्रयोगसँगै दुरुपयोग गरि आपराधिक कार्य भैरहेकोप्रति सूचनामार्फत सचेत गराएको हो ।

साइबर ब्युरोले सामाजिक संजालमार्फत यस्तो सूचना पोस्ट गरेको छ ।

‘सामाजिक संजाल र आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को अत्याधिक प्रयोग सँगसँगै दुरुपयोग गरी अरुको चरित्र हत्या गर्ने, अश्लिल तथा आपत्तिजनक सामग्री सिर्जना गरि सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने, गलत शब्द चयन गरी संगीतको सिर्जना गरि/गराई मानमर्दन गर्नेजस्ता आपराधिक कार्य गरेको भन्दै ब्युरोले त्यसो नगर्न भनेको हो ।

यस्ता गतिविधिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने मात्र नभई विद्यमान साइबर कानूनअनुसार अपराध समेत हुने भएकाले सोचविचार गरी प्रविधिको प्रयोग गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?