+
+
Shares

निजामती विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १४:३४

४ वैशाख, काठमाडौं । संसदीय समितिले निजामती विधेयकमाथि छलफल अघि बढाउँदैछ ।

संघीय निजामती सेवा विधेयकमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाइसकेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो ।

त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल गर्ने गरी बैठक राखेको छ । बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?