
काठमाडौं । गायक सुशान्त केसी संगीतको विश्वचर्चित अडियो प्लाटफर्म स्पोटीफाईमा मासिकरुपमा सबैभन्दा धेरै सुनिने नेपाली गायक बनेका छन् ।
संगीतसम्बन्धी तथ्यांक विश्लेषण गर्ने प्लाटफर्म भाइब्रेटको पछिल्लो शीर्ष १० को सूचीमा केसी शीर्षस्थानमा छन् । सुशान्तलाई मासिकरुपमा ८ लाख ६३ हजार पटक सुनिने उक्त तथ्यांकमा उल्लेख छ ।
दोस्रो स्थानमा सज्जनराज वैद्य छन् जसलाई मासिकरुपमा ३ लाख ५७ हजार पटक सुन्ने गरिएको उल्लेख छ । तेस्रो स्थानमा रहेका जोन राईलाई ३ लाख १२ हजार पटक सुन्ने गरिएको छ ।
ट्रेन्डको आधारमा भाइब्रेटले तयार पारेको यस्तो छ वरियता सूची :
१) सुशान्त केसी- ८६३.१ के
२) सज्जनराज वैद्य- ३५७.३ के
३) जोन राई- ३१२.६ के
४) द एलिमेन्ट्स- २४३.८ के
५) पूर्ण राई- २९४.६ के
६) ट्राइबल रेन- २०९.९ के
७) यवेश थापा- ४१० के
८) समीर श्रेष्ठ- ३११ के
९) ओएसिस थापा- ३२२.९ के
१०) बिपुल क्षेत्री- १६१.६ के
प्रतिक्रिया 4