+
+
Shares

दुई पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने मागसहितको मुद्दा हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १६:३८

४ वैशाख, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागलाई सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाईका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले छुट्टाछुट्टै निर्णय गरेका थिए । उनीहरूलाई अनुसन्धानको दायरामा नल्याई मातहतका कर्मचारीहरूलाई मात्रै मुद्दा चलाइएको भनी अख्तियार विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माले अख्तियार, महान्यायाधीवक्ता कार्यालय अनि विशेष अदालत विरुद्ध छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए । करिव पाँच वर्ष पुरानो मुद्दालाई सर्वोच्च अदालतले प्राथमिकताका साथ टुंग्याउने नीति लिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्धको मुद्दा अख्तियारमा विचाराधीन महत्त्वपूर्ण राजनीतिक मुद्दामध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?