+
+
Shares
संगीत :

युट्युबमा धेरै सुनिने नेपाली गायक बने दुर्गेश, यस्तो छ शीर्ष १० को सूची

दोस्रोमा समीक्षा अधिकारी, तेस्रोमा एलिना चौहान, चौंथोमा आनन्द कार्की छन् । रोचक के छ भने, ‘दुश्मन हेरेको हेर्‍यै’ बोलको गीतका ४ जना गायकगायिका शीर्ष ४ मा अटाएका छन् । एउटै गीतले यी ४ जनालाई शीर्षसूचीमा राखेको बुझ्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १६:५१

काठमाडौं । दुर्गेश थापा केही महिनायता नेपालभित्र युट्युबमा सबैभन्दा धेरै सुनिने गायक बनेका छन् । संगीतसम्बन्धी तथ्यांक विश्लेषण गर्ने प्लाटफर्म भाइब्रेटको पछिल्लो शीर्ष १० को सूचीमा दुर्गेश शीर्षमा छन् ।

दोस्रोमा समीक्षा अधिकारी, तेस्रोमा एलिना चौहान, चौंथोमा आनन्द कार्की छन् । रोचक के छ भने, ‘दुश्मन हेरेको हेर्‍यै’ बोलको गीतका ४ जना गायकगायिका शीर्ष ४ मा अटाएका छन् । एउटै गीतले यी ४ जनालाई शीर्षसूचीमा राखेको बुझ्न सकिन्छ ।

पाँचौमा भोजपुरी गायक तथा अभिनेता खेसारीलाल यादव छन् जो नेपालको तराई र भारतको विहार क्षेत्रमा चर्चित छन् । छैटौंमा सुशान्त केसी छन् । केसी स्पोटीफाईमा भने शीर्षस्थानमा छन् ।

सातौंमा भारतीय गायिका परम्परा टण्डन, आठौंमा सज्जनराज वैद्य, नवौंमा शान्तश्री परियार र दशौंमा उर्गेन दोङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?