+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेले सत्ता सहयात्री हुनुको सामान्य शिष्टाचार पनि देखाएन : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १७:२६

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्ता सहयात्री शक्ति हुनुको शिष्टाचार नेकपा एमालेले नदेखाएको बताएका छन् ।

बिहीबार बिहान बसेको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठकमा निधिले जनकपुरको प्रसंग उठाउँदै एमाले नेताहरुको व्यवहारबारे टिप्पणी गरेका हुन् । ‘एमालेसँग सत्ता सहयात्राबारे कुराकानी भइरहेको छ । म मेरो जनकपुरको कुरा गर्छु’ निधिले भनेका थिए, ‘जनकपुरमा एमालेले सत्ता सहयात्री हुनुको सामान्य शिष्टाचार पनि देखाएको छैन ।’

कांग्रेसका पुराना नेता रामनारायण मिश्रको स्मृतिमा बनाउन लागिएको भवन निर्माणमा एमालेले अवरोध गरिरहेको निधिले बताएका थिए । मिश्रको सम्झनामा प्रदेश सरकारले भवन निर्माण कार्य अगाडि बढाएको छ ।

‘बीपी कोइरालाका पालाका नेताको सम्झनामा भवन बनाउने भनेर भूमि पुजन सकेर हामी फर्कियौं । एमालेले त्यहाँ आएर तोडफोड गर्‍यो’, निधिले पार्टी नेतृत्वको ध्यान आकर्षित गराएका थिए ।
रामनारायण मिश्र जतिको नेताको स्मृतिमा भवन बनाउन रोक लगाइनु राजनीतिक सहिष्णुता समेत नभएको निधिको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?