+
+
Shares

‘राअवि’को टोली एआईजी बढुवामा छुट्यो

आईजीपी बन्न बाधा !

यो टोलीबाट सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते २२:५८

४ वैशाख, काठमाडौं । राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर नेपाल प्रहरीमा आएको टोली अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा छुटेको छ ।

यो टोलीबाट सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए । तर उनीहरु सबै जना एआईजी बढुवा सिफारिसमा परेनन् ।

हाल प्रहरी प्रधान कार्यालय, नक्साल विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका अधिकारी र केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो ।

अन्तिममा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली नै बढुवामा छुटेको छ । उनीहरुलाई तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्का गृहमन्त्री भएका बेला नेपाल प्रहरीमा स्थानन्तरण गराइएको थियो ।

तत्कालीन आईजीपी अच्युतकृष्ण खरेलले राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा ल्याउने प्रस्ताव सुरुमा अस्वीकार गरेका थिए । पछि खरेल हटेर प्रदीपशमशेर जबरा आईजीपी भएका बेला २५ पुस २०५८ मा ३० इन्स्पेक्टरसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो ।

राअविबाट प्रवेश गरेकाहरू प्रहरी संगठनमा कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रायः पछाडि परिरहे । हुन पनि यो टोलीका थुप्रै अधिकृतहरू विवादमा मुछिइरहे ।

तर, राअविबाट आएकाहरुमा पनि केही यस्ता व्यावसायिक अफिसरहरू छन्, जसले दुई दशकभन्दा बढी समय व्यावसायिक काम गर्दा पनि आफूहरूलाई ‘फरक दर्जा’का अधिकृतहरू जस्तो व्यवहार गरिएको भन्दै गुनासो गर्छन् । ‘हामी पनि उनीहरूले जस्तै लोकसेवा दिएर आएको हो, उनीहरूले जस्तै तालिम पनि गरेको हो’, एक अधिृकत भन्छन् ।

राअविभन्दा पछिल्लो ब्याचबाट दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी बढुवा सिफारिसमा परेपछि यो टोलीलाई प्रहरी महानिरीक्षक बन्न कठिन हुने देखिएको छ । बीचमा खाली हुने दरबन्दीमा बढुवा नभए सिधै कार्की, अधिकारी र केसीमध्ये एक जना आईजीपी बन्नेछन् ।

२०५३ साल भर्ना मिति भएका राअविका टोली रवि लामिछाने गृहमन्त्री हुँदा डीआईजी बढुवामा समेत छुटेका थिए ।

अहिले बढुवा सिफारिसमा परेकामध्ये पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ, दोस्रोमा लालमणि आचार्य र तेस्रोमा कृष्णहरि शर्मा पोखरेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?