+

सीइसी काठमाडौं र गण्डकी हिरोज केपी ओली कप क्रिकेटको फाइनलमा

२०८२ वैशाख  ४ गते १८:१५ २०८२ वैशाख ४ गते १८:१५
सीइसी काठमाडौं र गण्डकी हिरोज केपी ओली कप क्रिकेटको फाइनलमा

४ वैशाख, काठमाडौं । सीइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल खेल वर्षाले प्रभावित भएको थियो।

पहिलो सेमिफाइनलमा सीइसी काठमाडौंले हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै फाइनल यात्रा तय गर्‍यो। वर्षाका कारण खेल ५ ओभरमा सीमित गरिएको थियो। काठमाडौंले टस हारेर ब्याटिङ गर्दै ५७ रन बनायो। ओपनर रित गौतमले २८ रन बनाए भने अर्जुन घर्ती र दिपेन्द्र रावतले क्रमश: १३ र ८ रन जोडे।

जवाफमा हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने युनिश विक्रम सिंह ठकुरीले १ विकेट लिए।

दोस्रो सेमिफाइनलमा गण्डकी हिरोजले अत्तरिया क्रिकेट एकेडेमीलाई टसको आधारमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो। अत्तरियाले टस हारेर ब्याटिङ गर्दै १३.३ ओभरमा १४६ रन बनाएको थियो।

ओपनर विपिन रावलले ३३ बलमा ७२ रनको विस्फोटक पारी खेले, जसमा १२ चौका र २ छक्का समावेश थिए। तर वर्षाका कारण खेल रोकिएपछि टसको नतिजाकै आधारमा गण्डकी हिरोज विजयी घोषित भयो।

अब सीइसी काठमाडौं र गण्डकी हिरोजबीच उपाधिका लागि भिडन्त हुनेछ। चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि पोखरामा हुनेछ।

केपी ओली कप टी२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय